काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।
१० असारमा उपमेयरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । अर्को बैठक २६ गते राखिएको छ ।
वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको सहायक प्रवक्ता दीपक अधिकारीले बताए ।
