अनुदान रकममध्ये ४० प्रतिशत रकम सरकारले स्थानीय तहलाई  तत्काल हस्तान्तरण गर्ने

काठमाडौं ।  वित्तीय समानीकरण अनुदानको रकममध्येसरकारले स्थानीय तहलाई हस्तान्तरण गर्ने बाँकी किस्ताको   ४० प्रतिशत रकम हस्तान्तरण गर्ने भएको छ ।

आज  बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९र०८० को स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने निर्णय हो ।

गत वैशाख २ गतेको मन्त्रीपरिषद्को बैठकले २०७९/०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सम्मानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौति गरेको थियो ।

बैठकले बाँकी ५० प्रतिशत अर्थात ५ अर्ब ९ करोड रुपैयाँको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सम्मानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौति गरिएको थियो, हाललाई ५० प्रतिशत पैसा अनुसार५ अर्ब ९ करोड रुपैयाँ जुन दिनुपर्ने हो, त्यसको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्रण गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता शर्माले भनिन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->