६ महिनाभित्र एसईईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति सच्याउन सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने  जनाएको छ ।

‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी ९सीडीओ० समक्ष निवेदन दिनुपर्नेछ ।

प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ ।

यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र मात्रै सच्याउन सकिने अवस्था छ ।

बोर्डको अनुसार ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ व्यवस्थाबारे विद्यालय, विद्यार्थी, अभिभावक तथा शैक्षिक संघसंस्थाहरू जानकार नहुँदा धेरै विद्यार्थी समस्यामा परेका छन् ।

तोकिएको समयावधि भन्दा ढिलो सच्याउन आउने विद्यार्थीको संख्या धेरै भए पनि नीति संशोधन नहुँदा विद्यार्थीको समस्या समाधान हुन नसकेको बोर्डले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->