बाँदरले क्षति पुर्‍याएको कृषि बालीको क्षतिपूर्ति सरकारले दिने

काठमाडौं । बाँदरले क्षति पुर्‍याएको कृषि बालीको क्षतिपूर्ति दिने सरकारको तयारी गरेको छ । यसका लागि वन तथा वातावरण मन्त्रालयले निर्देशिका तयार पारेको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलका अनुसार जंगली जनावरले क्षति पुर्‍याएका बालीको क्षतिपूर्ति किसानलाई दिने गरी निर्देशिका तयार भएको हो ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निरन्तर रुपमा बाँदरले कृषि बालीमा क्षति पुर्‍याएको विषय उठाउँदै आएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समेत सांसदहरुले जंगली जनावरले कृषि बालीमा क्षति पुर्‍याउँदा किसान मारमा पर्दै आएको भनी सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->