काठमाडौं ।नेपालकै अग्रणी कम्पनी महिन्द्राले नयाँ गाडी ‘स्कर्पियो–एन’ नेपाली बजारमा भित्र्याएको छ ।
भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो । जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गरेको छ ।
नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा पनि आफ्नो एसयूभी नेटवर्क विस्तार भइसकेको कम्पनीले जनाएको छ ।
महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका अन्तर्राष्ट्रिय अपरेशन, अटोमोटिभ सेक्टरका प्रमुख सचिन अरोलकरले बहुप्रतिक्षित अल–न्यू स्कर्पियो–एनलाई नेपालको जीवन्त बजारमा ल्याउन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए ।
