अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन

काठमाडौँ- बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन भएको छ ।

बिहान ८ बजेदेखि डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रसारण लाइनको तार टुटेपछि  विद्युत् सेवा अवरुद्ध भएको थियो ।

टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापाछि सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->