कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनमा झिनो सुधार

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा झिनो सुधार गरेको छ ।

गत आर्थिक वर्षमा कुल बजेटको ६२ प्रतिशत बजेट कार्यान्वयन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा अहिलेसम्म ६७/८९ प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।

आर्थिक वर्ष ०७८र०७९ मा प्रदेश सरकारको १० अर्ब ५८ करोड ८४ लाख बजेट फ्रिज भएकोमा यसवर्ष ५ प्रतिशतले बजेट कार्यन्वयनमा सुधार भएको देखिन्छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख बजेट ल्याएको थियो । जसमा २२ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ कार्यान्वयनमा आएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

जेठ मसान्तसम्म १३ अर्ब ९ करोड ६६ लाख अर्थात् ४० प्रतिशतमात्रै बजेट कार्यान्वयन गरेको प्रदेश सरकारले असारमा मात्र २७ प्रतिशत अर्थात् ९ अर्ब १८ करोडभन्दा बढी बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ विनियोजन गरेको कुल १९ अर्ब ८६ करोड ३६ लाख २३ हजार २०० रुपैयाँमध्ये १२ अर्ब ८२ करोड ३ लाख ८९ हजार २२७ रूपैयाँ खर्च गरिएको छ ।
चालूतर्फ कुल १३ अर्ब १० करोड ८३ लाख १९ हजार ७५५ रूपैयाँ बजेटमा नौ अर्ब ५६ करोड ३० लाख ९३ हजार ९१० रूपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कार्यान्वयन हुन नसकेको बजेटलाई समेटेर आकार बढाएर ल्याएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०८०र८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->