काठमाडौं । त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले त्रिवि पदाधिकारी, शिक्षक, कर्मचारी लगाएतलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन दिएको छ ।
आथिर्क वर्ष सुरू भएको ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने नियमानुसार आ.व.२०८०/८१ को विवरण गत वर्ष जस्तै राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अनलाइन सफ्टवेयरमा सम्बन्धित कार्यालयबाटै सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो । साथै जिल्लाका कार्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीलाई भदौ २० गतेभित्र सम्पति विवरण बुझाउन अनुरोध गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै अनलाइन सफ्टवेयरमा सम्पत्ति विवरण बुझाउने, ढिलो बुझाउने र नबुझाउने पदाधिकारी, शिक्षक, कर्मचारीको विवरण भर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
