नेपालले बेच्यो एक वर्षमा झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी

काठमाडौं । एक वर्षमा झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी नेपालले निर्यात गरेको छ ।

आर्थिक वर्ष ९आव० २०७९र८० मा नेपालले ३ अर्ब ४० करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्‍कअनुसार यो गत वर्षको तुलनामा २ अर्ब ५६ करोड रुपैयाँले बढी हो ।

चालु आवमा नेपालले १७ लाख ८६ हजार ११२ किलो छुर्पी नेपालबाट निर्यात गरेको छ । जसको कुल बिक्री मूल्य ३ खर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष १७ लाख ४४ हजार ४५१ किलो छुर्पी निर्यात भएको थियो । जसको कुल निर्यात मूल्य २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ मात्रै थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->