विगत २८ वर्ष देखि सागरग्रुप ईन्टरनेशनल ब्रान्ड क्यास्परस्कीले साईवर सुरक्षाका साधनहरु नेपाली बजारमा ल्याईरहेको छ । साथै साईवर सुरक्षाका साधन सहित डिभाईसमा आएका समस्या समाधानका लागि एन्टी भाईरस सफ्टवेयर नेपालमा विक्रि गर्दै आएको छ ।
यसै क्रममा विहिबार एक कार्यक्रम गरी पुन: क्यास्परस्कीले क्यास्परस्की प्लस र क्यास्परस्की प्रिम्युम लन्च गरेको हो ।
उक्त कार्यक्रममा नेपालमा बढ्दो प्रविधिको प्रयोग संगै आफ्नो मोवाईल तथा अन्य डिभाईसको डाटा कसरी सुरक्षित राख्ने र क्यास्परस्की एन्टी भाईरस सफ्वेयरले कसरी काम गर्छ भन्ने बारे जानकारी दिईएको थियो ।
हाल सम्म क्यास्परस्कीले नेपालमा मात्र नभई विभिन्न दुईसय भन्दा बढी देशहरुमा सेवा दिदैँ आएको छ ।
अहिले स्युजरल्याण्ड, टोकियो हुदैँ विश्वभरी क्यास्परस्कीले ३४ कार्यालय स्थापना गरी सेवाग्राहीलाई निरन्तर सेवा दिईरहेको छ ।
क्यास्परस्कीको अवको उद्देश्य ४ सय मिलियन प्रयोग कर्ताहरुलाई उच्च सेवा दिनुको साथै २५लाख कर्पोरेट ग्राहकहरु संग प्रविधिमैत्री भई विश्वासका साथ प्रविधि अपनाउन सघाउने कम्पनीको प्रतिवद्धता छ ।
यसको बारेमा www.ksapersky.com मा गई थप जानकारी लिन सकिन्छ ।
