मिनबहादुरलाई ओलीको ढाडस, भट्टराइलाई गरिदिए ५ हजारको सपिङ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी मिनबहादुर गुरुङलाई झापाको बिर्तामोडमा भाटभटेनी खोलेकोमा बधाई दिएका छन् । ओलीले गृहजिल्ला पुगेर बिर्तामोडमा आजैदेखि सञ्चालनमा आएको भाटभटेनीमा सपिङ गर्दै गुरुङलाई ढाडस पनि दिएका हुन् ।

झापामा पहिलोपटक सञ्चालनमा आएको भाटभटेनी सुपरस्टोरमा ओलीले एमालेका पोलिटब्यूरो सदस्य एवम् झापाका इन्चार्ज विशाल भट्टराईका लागि सर्ट, पाइन्ट र पेटी किनिदिएका थिए । उनले ५ हजार रुपैयाँको सपिङ गरेका थिए ।

ओलीलाई भाटभटेनीमा गुरुङ दम्पतीले स्वागत गरेका थिए । देशभर लोकप्रिय रहेको भाटभटेनी सुपरस्टोरले झापामा पनि सफलता पाउने भन्दै ओलीले गुरुङले बधाइ दिएका थिए ।

गुरुङलाई ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी नियन्त्रणमा लिएपछि व्यवसायीहरुलाई सरकारले आतंकित बनाएको ओलीले बताउँदै आएका थिए । दोषीलाई कारबाही गर्नुपर्ने तर कुनै प्रभाव र दबाबले व्यवसायीहरुलाई आतंकित बनाउन नहुने ओलीको तर्क थियो ।

यसैबीच ओलीले झापामा आफ्ना बुबालगायत अन्य पारिवारिक सदस्यहरुसँग पनि भेटघाट गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->