पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलय वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् ।

आइतबार  बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘ जनताले चाडपर्वको मुखमा चर्को मुल्य वृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मुल्य वृद्धि तत्काल रोक्ने र साबिककै मूल्य कायम गर्ने निर्देशन गर्नु भएको छ । सम्भवत आयल निगमले केहीबेरमा सूचना निकाल्छ होला ।’

शनिबार आयल निगमले रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->