अस्पताल बन्द भएको बेला तुरुन्तै रगत आवश्यक परेमा के गर्ने ?

काठमाडौं । चाडबाडका बेला लामो समयसम्म अस्पतालको बहिरंग सेवा (ओपीडी) बन्द हुन्छन् ।  सुत्केरी हुँदा, सवारी दुर्घटना, शरीरमा रगतको मात्रा कम हुँदा, ब्लड क्यान्सरजस्ता अवस्थामा तुरुन्त रगतको आवश्यक पर्न सक्छ ।

आकस्मिक रगत आवश्यक परेमा कसरी व्यवस्थापन गर्ने ? यिनै विषयमा केन्द्रित रहेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्तासँग गरिएको कुराकानी :

कुनै कारणवश कसैलाई तुरुन्त रगत चाहियो भने रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवालाई सम्पर्क गर्न सकिन्छ । ३६५ दिन ४२ घण्टा यो खुल्ला रहन्छ । रगतको लागि केन्द्रीय रक्तसञ्चार सेवाको टेलिफोन नम्बर ०१–५३८८४८६ नम्बरमा फोन गर्न सकिन्छ ।

यदि फोन गर्दा केही कारणवश उठेन भने केन्द्रीय रक्तसञ्चारको कार्यालय सोल्टी मोडमा आएर पनि रगत लिएर जान सकिन्छ ।

तुरुन्त चाहिएको बेला ब्लड बैंकसँग पनि रगतको अभाव छ भने के गर्ने ?

कसैलाई तत्काल रगत चाहियो र केन्द्रीय रक्तसञ्चार सेवामा रगतको अभाव छ भने त्यति बेला रगत आवश्यक परेको व्यक्तिको आफन्तसँग मिलेर डोनर खोजेर भए पनि रगतको व्यवस्थापन गर्न पीएआर अफिसरको व्यवस्था संस्थाले गर्छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->