प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र प्रस्थान

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।

नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् ।

धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो । जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

भूकम्पमा परी दुई जिल्लामा ६० जना बढीको मृत्यु भइसकेको छ । जाजरकोट र रुकुममा ३६र२६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट भूकम्प प्रचण्ड प्रधानमन्त्री भूकम्प

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->