उन्नत जातको ७ वटा मुर्रा राँगो पोखरामा, फूलमालासहित स्वागत

पोखरा । भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्‍याइएको छ ।

नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।

भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । शुक्रबार राति नै पोखरा आइपुगेका राँगालाई फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको थियो ।

पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टिनमा राखिने प्रजनन कार्यालय पोखरा प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->