पूर्वमिस नेपाल श्रृंखला खतिवडा र  सिरोहिया बीच विवाह

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच अन्ततह विवाह भएको छ । उनीहरुले काठमाडौंको हायात होटलमा विवाह समारोह गरेका हुन् । उनी दुवैजना श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् ।

विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् । श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।

उनीहरुले पनि उक्त विवाह समारोह धुमधामका साथ मनाईरहेका छन् ।

श्रृंखला बेहुलीको रातो पोशाक र दुबोको मालामा सजिएकी छन् । सम्भव नेपाली ढाकाटोपी र नेपालीपनको झल्को दिने बेहुलाको पोशाकमा देखिएका छन् । दुवै वरवधु तस्वीरमा उन्मुक्त र प्रफुल्ल देखिन्छन् ।

केही दिन चलेको हल्दी, मेहेन्दी र संगीत सेरेमोनीपछि आज स्वयम्वर हुन लागेको हो । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->