विश्वदर्शन अभियान नेपालद्वारा आयोजित ‘प्रथम विश्वदर्शन योग प्रतियोगिता’ सम्पन्न

काठमाडौं । विश्वदर्शन अभियान नेपालद्वारा आयोजित ‘प्रथम विश्वदर्शन योग प्रतियोगिता’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा राजधानीको विभिन्न १३ स्कुलका १५० भन्दा बढी विद्यार्थीहरू सहभागिता रहेको थियो ।

चाँगुनारायण–४, भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा आयोजित ‘प्रथम विश्वदर्शन योग प्रतियोगितामा करिब ८ हजार विद्यार्थीबाट छनोटमा परेका १५० भन्दा बढी विद्यार्थीबीचलाई कक्षा समूह अनुसार विभिन्न ग्रुपमा विभाजन गरी विभिन्न योगासन गराई प्रतिस्पर्धा गरिएको थियो ।

आगामी दिनहरूमा योग र पूर्वीय दर्शनलाई शिक्षासँग जोड्दै हाम्रा भावी पुस्तालाई विद्यालय स्तरबाट हाम्रो दर्शन, सभ्यता, संस्कार तथा सन्तुलित भोगबारे ज्ञान प्रदान गर्ने उद्देश्यले सन्तुलित भोग नै योगको पूर्वाधार हो भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

नेपालमै पहिलो पटक विद्यालय स्तरमा यो योग प्रतियोगिता सञ्चालन गरेका छौ, आगामी दिनहरूमा अझै बढी भन्दा बढी विद्यालयका विद्यार्थीहरूलाई सहभागिता गराई योग प्रतियोगितालाई निरन्तरता दिइने र विद्यालय स्तरबाटै योगलाई अनिवार्य सिकाइको विषय गराउन सके अझ राम्रो हुने संस्थाका सदस्य विनोद ढकालले जानकारी दिए ।

उक्त प्रतियोगितामा कक्षा ४ सम्मका छात्राहरूको समूहबाट हाइली क्रियटीभ स्कुलकी निख्क्षिका पौडेल प्रथम, छात्र समूहबाट श्रीयन्त्र स्कुलका रजत मगर प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने कक्षा ५ र ६ का छात्रा समूहबाट अर्किड स्कुलकी प्रेमिका राई प्रथम, छात्र समूहबाट गोठाटार स्कुलका समीप राईले प्रथम भएका थिए ।

यसैगरी कक्षा ७ र ८ का छात्रा समूहबाट हाइली क्रियटीभ स्कुलकी जस्मीन कार्की प्रथम छात्रतर्फ अर्किड स्कुलका शिशिर जिरेलले प्रथम स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विजयी सहभागीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथ नगद पुरस्कार र सान्त्वनालाई ट्रफी प्रदान गरिएको थियो।

योग प्रतियोगितामा राजधानीका अर्किड स्कुल, अक्षरा स्कुल, अक्षरिका स्कुल, हाइली क्रियटीभ स्कुल, गोठाटार स्कुल, विद्या आर्जन स्कुल, प्रारम्भ एकेडेमी, किड्स लिबर्टी स्कुल, शिक्षालय नेपाल, श्रीयन्त्र स्कुल, द भेलोसिटी स्कुल, गोकर्णेश्वर नगरपालिका जोरपाटी नयाँबस्तीका टाइम लाइन स्कुल र विपुल शिक्षा निकेतन लगायतका १३ स्कुलका विद्यार्थीहरूको सहभागितामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->