संसारमा कुनै जोडी छैन होला, जसले एकापसमा झगडा चाहन्छन् । तर भनिन्छ नि, सबै कुरा हाम्रो हातमा हुँदैन । श्रीमान-श्रीमतीको सम्बन्धमा पनि ठ्याक्कै यस्तै हो । कहिलेकाहीं नचाहेर पनि परिस्थिति यस्तो हुन्छ कि झगडा भई नै हाल्छ ।
यद्यपि, हरेक विवाहित सम्बन्धमा सानातिना झगडा हुन्छन् र दम्पतीले समाधान गरेर अगाडि बढ्छन् । तर कहिलेकाहीं सानातिना झगडाले पनि ठूलो रुप लिन्छ र कुरा सम्बन्ध विच्छेदसम्म पुग्छ । त्यसो भए झगडालाई ठूलो रुप लिन नदिन के गर्ने त ? जीवनसाथीसँगको विवादलाई के कस्ता बानीले चर्काउन सक्ला ?
झगडा दुवैबाट यस्ता कुरा बोल्दा समस्या आउन थाल्छ । जुन दुवैलाई सहन सहज हुँदैन । आफनो पार्टनरसँग कुनै कुरामा रिस उठ्दा उसले ध्यान दिइरहेको छैन । जसकारण धेरैजसो आवेशमा आएर चर्को स्वरमा बोल्नु हुन्छ । आफनो तर्क साबित गर्न कराउन सुरु गरिन्छ । कतिपय बेला अभद्र भाषा पनि रिसमा प्रयोग हुन्छन् ।
यसले सम्बन्धलाई बिगार्ने मात्र होइन, सम्बन्ध विच्छेदसम्मको अवस्थामा समेत पुर्याउन सक्छ । यस्तो अवस्थामा सकेसम्म शान्तिपूर्ण ढंगले समस्याको समाधानतर्फ लैजानुपर्छ ।
