नेपाली संगीत, साधना र समाजसेवाको माध्यमद्धारा विश्वलाई नै प्रभावित बनाउन सक्ने विलक्षण प्रतिभाकी धनी आनी छोईङ् डोल्माको जन्म सन् १९७१, बौद्धमा भएको हो । बौद्धमा जन्मिएकी आनीको आफ्नै जिवन काहानी छ । पारिवारीक कलह र झमेलाबाट मुक्त हुन उनले गुरुको मार्गदर्शनलाई पछ्याउदैँ, बाल्यकाल देखिनै बुद्ध धर्मको अनुन्यायीको रुपमा परिचित छिन् ।
सन् १९९४ मा स्वरको माधुयर्ता देखेर अंगेजी गितार बाधक स्टीभले गुम्वाको अवलोकन गर्ने क्रममा आनीको आवजको माधुर्यता पहिल्याउनु भएपछि उनकै आवजमा बुद्धिष्टको मन्त्र रेकर्ड गरि विश्वसामु पु¥याउनु भयो ।
जसको परिणाम स्वरुप उनलाई विश्वले अध्यात्मीक गायीका भनेर परिचय दियो ।
दु:ख नदेखी र नभोगी मानिस अध्यात्मीक क्षेत्रमा लाग्न सक्दैन भन्ने उदाहरण दिदैँ बाल्यकालको अनुभवले नै उनी आनी बन्न पुगेको आफँै बताउँछिन् । जिवनका रंगहरुको कार्यक्रममा रिमा विश्वकर्माले लिएको उक्त अन्र्तवार्तामा आनीले आफ्नो व्यतित्वलाई ईन्द्रेनी संग दाज्ने गरेकी छिन् । उनको बाल्यकालको तिता अनुभवले उनलाई अध्यात्मिक मार्गमा डोराया,े कारण घरेलु हिसां र बच्चा जन्माउँदाको आमाको पीडा, यसबाट स्वत मुक्त हुने बाटो खोजिरहदाँ उनी आनी बन्न पुगिन् । आन्र्तरवार्तकै क्रममा उनी भन्छिन्, आफ्नै आमालाई आफ्नै बुवाले मार्नै लागेको देख्नु र आफुले केही गर्न नसक्नु त्यो जति पीडादायक क्षण कस्तो होला, यी सबै कुराहरु ट्रमाटाईज हुँदो रहेछ । यी कुरा अहिले पनि बारम्वार सम्झने गरेको उनी बताउँछिन् । यी सबै देख्दा मलाई पनि मेरो जिन्दगी पनि यस्तै होला भन्ने डर थियो तर पछि आनी बन्दा विहा गर्नु पदैन भन्ने थाहा पाएपछि उनी आनि बनेको बताउँछिन् । हाल सम्मपनि संगीतमा रमाईरहेकी आनी अहिले संगीत एउटा टुल मात्र भएको उनी बताउँछिन् ।
गुम्वामा १३ वर्ष विताएकी आनीको अन्तरंगीन कहानीहरु छन् । केही खुलेर व्यक्त गर्न सक्छिन् भने, केही बताउन चाहदिनन् । सुरु सुरुमा उनी गुम्वा प्रवेश गर्दै गर्दा त्यहाँका गुरुजनको करुणामय व्यवहारले नै उनलाई चन्चलता र दवंगी स्वभाव बाट अहिलेको स्थितीमा पु¥याएको अन्र्तवाता बताएकी छिन् । उनलाई सानै देखि गाउन नाच्न मन लाग्थ्यो रे, गुम्वाको काम फटाफट गर्ने, गुरुलाई खुसी राख्न खप्पिस छोईङ अहिले पनि उनको मिठो वोली, करुणामयी व्यवहार, र माधुर्य स्वरले विश्वसामु परिचित छिन् ।
उनी संग यस्ता केही अनुभव छन् जसले उनको जिवन रंगिन बनेको छ । अझै पनि गुरुको स्मरण गर्दा उनी भावुक हुन्छिन् । जव उनको गुरुले भौतिक शरिर छोडे, त्यसपछि उनलाई समाजले केही केही कुरामा अंकुस लगाउन थालेको उनी बताउँछिन् । नाच्न गाउन मन पराउने डोल्मा समाजकै कारणले केही पछि हटेको उनको भनाई छ ।
रिमाको प्रश्नअनुसार अहिले संसारको मुख्य समस्या के हो भन्ने विषयमा चर्चा गर्दा उनी भन्छिन्, हिपोके्रसी अहिलेको मेजर समस्या भएको उनको बुझाई छ । जसले मान्छे मार्दै हिड्यो त्यो नै अहिले शान्तिको कुरा गर्छ, उनी भन्छिन् ।
उनको बुझाईमा जिवन जन्मेर मरुनजेलको काल खण्डमा जुन तरिकाले जीबन जियो, त्यो सुखी जिवन, दुखि जिवन, हराएको जिवन अर्थात कन्फुज जिवन,र केही एकदमै सार्थकता अपनाएर जिउन सकेका जिवन नै जिवन भएको उनको बुझाई छ । अन्त्यमा शान्ति कहाँ मिल्दो रहेछ भन्ने प्रश्नमा उनी भन्छिन् ध्यानमा भएको बेला शान्ति मिल्छ, संगीत त एक टुल मात्र हो । उनी भन्छिन् ।
