धरान – माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघीे नामले चिनिने नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ पनि भनिएको हो । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यस दिन विभिन्न परिकारहरु समेत खाने प्रचलन छ ।
हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । परम्परागत रुपमा खाँदै आएको यस्तो परिकारको सँस्कृतिसँगै बैज्ञानिक कारण भएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिका सल्लाहकार पं. धर्मराज निरौला बताउनुहुन्छ । परम्परागत रुपमा यो पर्वमा खाइने गरिएको उहाँको भनाई छ ।
माघे संक्रान्तिमा बनाइने परिकारको मूल्य नै नहुने यो खाएमा स्वस्थ रहने जनविश्वास रहेकोप्रति सर्वसाधारण समेत विश्वास व्यक्त गर्छन् । विशेष गरेर जाँडोको समयमा पर्ने माघे संक्रान्तिका परिकारहरुले जाडो हँटाउने विश्वासका साथ पनि खाने गरिएको स्थानीय भरतराज साम्पाङ राई बताउनुहुन्छ । सदियौदेखि प्रचलनमा आएका यस्ता परिकारको महत्व माघे सक्रान्तिका दिन विशेष प्रयोग गरे पनि अन्य समयमा खादा पनि प्रभावकारी हुने चिकित्सहरु बताउँछन् । यी परिकारले ने्पालको मौलिक खानाको प्रवद्र्धनसँगै स्वास्थ्यका लागि समेत लाभदायीको रुपमा मानिन्छ ।
