नेपाल बैंकद्वारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक

नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा ४९.६० प्रतिशतले घटेर ५९ करोडमा खुम्चिएको छ।

गत वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ थियो। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ। खुद ब्याज आम्दानी २०.४० प्रतिशत बढेर ४ अर्ब ६३ करोड भएको छ। यस्तै सञ्चालन नाफा २२.७८ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ७० लाख २२ हजार रुपैयाँ छ। बैंकको वितरणयोग्य नाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ। १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी छ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २५२.५४ रुपैयाँ छ। बैंकको खराब कर्जा ४.५ प्रतिशत छ। गत आर्थिक वर्षको सोही अवधिमा यो ३.११ प्रतिशत थियो।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->