शेयर बजारमा दोहोरो अंकको गिरावट

साताको पहिलो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार परिसूचक नेप्से २५ दशमलब ६३ अंकले घटेर २ हजार १ सय ३० दशमलब १८ को विन्दुमा रोकिएको हो । साताका अन्तिम दुई कारोबार दिन बुधबार र बिहीबार पनि बजार घटेको थियो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।आज ३ सय ८ कम्पनीको २ करोड २८ लाखभन्दा बढी कित्ता सेयर ७ अर्ब ६७ करोड रुपैयाँमा खरिद बिक्री भएका छन ।

गत बिहीबार सेयर बजारमा ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज ५६ करोड ७९ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ हिमाल दोलखा हाइड्रोपावरको २२ करोड,अपी पावरको २० करोड,नेपाल रिइन्स्योरेन्सको २० र सोनापुरको १९ करोड बढी मूल्यको सेयर कारोबार भयो ।

आज हाइड्रोपावर र अन्यबाहेक बाँकी सबै समूह घटेका छन् । आखुखोला जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने आज सबैभन्दा धेरै सिइडिबि सिइडिबि हाइड्रोपावर कम्पनीको शेयर ८.२७ प्रतिशतले घटेको छ ।

आज ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->