बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सरका विरामीको उपचार हुने

नेपाल अबुद्र्ध रोग निवारण संस्थाको सहयोगमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सरका विरामीको उपचार हुने भएको छ । अस्पतालमा अपुग भौतिक संरचनालाई नेपाल अबुद्र्ध रोग निवारण संस्थाको भवनबाट सेवा शुरु गर्ने गरी उपचार सेवा अघि बढेको हो । अस्पतालमा विरामीहरु नियमित आईरहँदा उपचारका लागि पुर्वाधार अभाव भएकाले सेवा विस्तारका लागि सहकार्य गरिएको अस्पतालले जनाएको छ ।

शिर मेमोरियल अस्पतालमा तत्कालका १२ शैया क्यान्सरका बिरामीका लागि व्यवस्थापन गरिएको छ । क्यान्सर भए पछि हुने शारीरिक, मानसिक, आर्थिक तनाव कम गर्न घर परिवारका सदस्यहरुलाई समेत सहज हुने गरी नजिकै रहेको अस्पतालबाट सेवा लिन सक्ने गरी क्यान्सरको उपचार सुरु गरिएको बताइएको छ । नेपाल अबुद्र्ध रोग निवारण संस्थाको भवनलाई पनि क्यान्सर केयरका रुपमा विकसित गर्दै लैजाने सहमति पनि अस्पतालसँग भएको छ । नेपालमा बार्षिक १४ हजार नागरिकको क्यान्सर रोगका कारण निधन हुने गरेको छ भने बार्षिक २० हजार भन्दा धेरैलाई क्यान्सर रोगबाट संक्रमित हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->