शेयर बजार आजपनि दोहोरो अंकले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से १०.२५ अंकले घटेर २ हजार ८८ दशमलब ०४ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा कारोबार रकम समेत घटेको छ । आज एक करोड १० लाख ४९ हजार ९ सय ४९ सेयर तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिद–बिक्री भएको छ । सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको २५ करोड १५ लाख ६८ हजार ६७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ मध्ये बैंकिङ र म्युच्युअल फन्ड समूहको परिसूचक मात्रै बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । चन्द्रागिरिको सकारात्मक सर्किट, हिमालयन रि को उच्च कारोबार आजको कारोबारमा चन्द्रागिरि हिल्सको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिसेयर ९४.९० रुपैयाँ आम्दानी गरेका छन् । सबैभन्दा धेरै गुमाउनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले घटेको छ । बजार घट्दा १ सय ५३ कम्पनीको सेयर मूल्य घटेको छ । ८० कम्पनीको सेयर मूल्य बढ्दा १४ को स्थिर छ ।
