अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकहरुलाई फलफुलका बिरुवा वितरण गरेको छ । कृषकहरुको मागका आधारमा ४० प्रतिशत अनुदानमा दाते ओखर, किबी, आरु, आरुबखडा, एभोकाडो र ड्रागन फ्रुटका बिरुबा वितरण कार्य शुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए । आज बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले कृषकहरुलाई फलफुलका बिरुबा हरुतान्तरण गरेकी छिन् ।
कृषकलाई फलफुलका बिरुवा वितरण गर्दै नगर उपप्रमुख आचार्यले उत्पादनमा लाग्ने कृषकलाई नगरपालिकाले आर्थिक तथा प्राबिधिक सहयोग गर्ने बताइन् । उनले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरु सञ्चालन गरेको उपप्रमुख आचार्यको धारणा छ ।
कृषकहरुलाई व्यवसाययिक फलफुल खेतीमा लाग्न प्रेरित गर्ने उदेश्यले फलफुलका बिरुवाहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको भनाई छ ।
