दश स्थानमा निर्माण गरिएको डिप बोरिङ सञ्चालनमा नआउदा स्थानीय समस्यामा

 

मोरङको रङ्गेली नगरपालिका ७ स्थित मुन्डाकाली लगायतका दश स्थानमा निर्माण गरिएको डिप बोरिङ सञ्चालनमा नआउदा स्थानीय समस्यामा छन । सरकारले ०७३-०७४ मा संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय बोरिङ निर्माण गरेपनि सञ्चालनमा आउन नसकेको हो । दुई बर्ष अघि नै बोरिङ गाडिएको भएपनि सञ्चालनमा नआउदा स्थानीय किसान मारमा छन ।

डिप बोरिङ सञ्चालनमा नआउदा छ सय बिगहा भन्दा धेरै जमिनमा सिचाइँ सुविधा पुग्न सकेको छैन । रंगेली गोहिगाडा, निचामरि, बागान टोल, स्वास्थ्य चौकी पछाडी डिप बोरिङ निर्माण गरिएको छ । त्यस्तै अपगाछी मधुवनी, लभटोली, दर्वेशा, दोहमना र सखुवाथानमा कालिका बिल्डिङ्गले डिप बोरिङ बनाएपनि सञ्चालन हुन सकेको छैन । ङ्गेली नगरपालिकाले भने ठेकेदारले आफूहरूसँग समन्वय नगरिकन निर्माण कार्य अधुरै पारेर छोडेको जनाएको छ । बोरिङ निर्माण गरे बापत ठेकेदार कम्पनीले भने दुई करोड रुपैया भुक्तानी लिइसकेको छ । बाँकी काम भने बजेट अभावले हुन नसकेको ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालयले बताउने गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->