साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसुचक आज १४ दशमल ८८ अंकले बढेर २ हजार १ सय ९ दशमलब ६१ बिन्दुमा बन्द भएको छ । आज तीन सय आठ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३ सय ६८ कित्ता सेयर किनबेच भएको हो । ७५ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रहेको छ ।
त्यस्तै ग्यादी ग्रुपको २२ करोड,नेपाल रिइन्स्योरेन्सको २० करोड,अरुण भ्याली हाइड्रोपावरको १४ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड बढि मूल्यको सेयर कारोबार भएको छ । आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । चन्द्रगिरी हिल्स लिमिटेड, समाज लघु वित्तिय वित्तिय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, सेनर्जि पावरको ८.७२, सिंगति हाईड्रोको ८.२३ ग्रीनलाईफ हाईड्रोपावरको ७.९९ प्रतिशत सहित १ सय ८३ कम्पनीको सेयर मूल्य बढेको छ । मिड सोलु हाइड्रोपावरको शेयर मूल्य भने ८ दशमलब ३५ प्रतिशतले घटेको छ । कारोबारमा आएका १ सय ५२ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने बाँकी १० कम्पनीको मूल्य ओरालो लागेको छ ।
