शेयर बजार परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ । आज नेप्से ३.०८ अंकले बढेको शेयरबजार २ हजार ८८ दशमलब ८० विन्दुमा पुगेर बन्द भएको हो । आज ३ सय १३ कम्पनीको ७६ लाख २० हजार २ सय १३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७ सय ९९ रुपैयाँको कारोबार भएको छ । २४ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र ङादी ग्रुप पावर रहेका छन् ।
आज ५ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त वित्तीय,समाज लघुवित्त वित्तीय,बुद्ध भूमि नेपाल हाइड्रोपावर,इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज सबैभन्दा धेरै एनसिसि डिभेञ्चरको सेयर मूल्यमा घटेको छ ।१३ मध्ये ६ समूहका सूचक घटेका छन् भने बाँकी समूहहरु सकारात्मक रहेका छन् । आज १ सय १५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ ।
