गाउँपालिकाले ५० मुरी देखि १ सय ६८ मुरी धान फलाउने २९ जना मेहेनती किसानलाई पुरस्कृत गरेको छ । जसअनुसार ५० देखि १०० मुरी धान उत्पादन गर्ने २७ कृषकलाई जनही नगद ३० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरी पुरस्कृत गरेको छ । त्यस्तै १०० देखि १६५ मुरी मुरी धान उत्पादन गर्ने २ जना किसानलाई नगद ५० हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरी पुरस्कृत गरेको छ । नगद पुरस्कार सहित सम्मानित भएपछि गाउँपालिकामा सबै भन्दा बढि १६५ मुरी धान उत्पादन गर्ने मक्कर बहादुर तामाङ सबै भन्दा बढि उत्साहित देखिए ।
गाउँपालिकाले कृषक प्रोत्साहन गर्न उकृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० पारित गरेको थियो । सोही कार्यविधि अनुसार धेरै धान उत्पादन गर्ने २९ जना कृषक छनोट गरी पुरस्कृत गरेको हो । गाउँपालिकाले जनही ३० देखि ५० हजार नगद पुरस्कार प्रदान गरी सम्मान गरेको जनाएको छ । कृषक प्रोत्साहनको नीति लिएको गाउँपालिकाले धान जस्तै सबै बालीनालीमा किसानलाइ पुरस्कृत गर्दै लाने गाउँपालिकाको भनाइ छ ।
कृषि पेशालाई सम्मानित पेसाको रुपमा स्थापित गर्ने फाल्गुनन्द गाउँपालिकाले गरेको पहल प्रशंसा योग्य छ । यो पेशाबाट किसानको पलयान रोक्न सके कृषिमा देश आत्मनिर्भर बन्न सक्छ । यो विषयमा तीनै तहका सरकार गम्भिर बन्नुपर्छ ।
