स्वदेशी उत्पादनको प्रवद्धन, हाम्रो अभियान’ भन्ने नाराकासाथ वीरगञ्ज फुटवेयर एक्स्पो

 

वीरगन्जमा बुधबारदेखि ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ सुरु भएको छ ।वीरगन्जको लालबंगला परिसरमा नेपाली जुत्ता–चप्पल उत्पादन संघले बुधबारदेखि एक महिने ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ सुरु गरेको हो ।एक्सपोको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्दै वीरगन्जमा आयोजित एक महिने जुत्ता–चप्पल व्यपार मेलाले अहिलेको आर्थिक मन्दिको प्रभावमा परेको वीरगन्जको व्यपार–व्यवसायलाई चलायमान बनाउन टेवा पुने अपेक्षा गरेको बताए । उनले नेपाली उत्पादनको प्रयोगलाई हरेक नेपालीले प्राथमिकता दिए मुलुकको अर्थतन्त्रपनि बलियो हुने बताए ।

स्वदेशी उत्पादनका जुत्ता–चप्पल उपभोक्तको आफनै घरदैलोमा सुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले मोफसल बाहिर वीरगन्जमा एक महिने फुटवेयर एक्स्पो आयोजना गरिएको नेपाल जुत्ता उत्पादक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरज बन्जोडेले बताए ।

वीरगन्ज फुटवेयर एक्सोमा नेपालकै विभिन्न १३ वटा उद्योगका ५० वटा ब्राण्डका तीन हजार मोडेल जुत्ता–चप्पलका २६ वटा स्टलहरु राखिएको छ । ती स्टलमा १ सय ५० देखि ५ हजार रुपैयाँसम्म मुल्यका जुत्ता–चप्पलहरु बिक्रीका लागि राखिएको जानकारी बन्जाडेले दिए ।

एक महिने एक्सपोमा ३५ देखि ४० हजार जोर जुत्ता बिक्री हुने र त्यसबाट करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाए ।एक्सपोमा जुत्ता–चप्पल खरिदमा ग्राहकलाई १५ देखि ५० प्रतिशतसम्म छुटपनि दिइने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->