काठमाडौँ । नेपाली गोरखा वारिओर मुभिको लागि वलिउडका चर्चित गायककार सान मुर्खजीले गोर्खाली सेनाको सम्मानमा गीत गाएका छन् । उनले गायको गीत नेपाली गोर्खालीको सम्मान, ईमान्दारीताको पहिचान र वीर गोर्खालीको पहिचानमा आधारीत छ । उक्त गीत कम्पोजर एलिस कार्कीको निर्देशनमा बन्दै गरेको मुभी गोरखा वारिओरको लागि हो ।
हाल उक्त गीतको संगितीक धुन एलिस कार्कीको निर्देशनमा भएको हो । सोही गितलाई नेपाली भर्जनमा राजेशपाल राई र हिन्दी भर्जनमा गोर्खा लाई सम्मान गर्दै भारतका चर्चित गायक सानले गाएका हुन् ।

उक्त गीती रचना ससस्त्र प्रहरी वलका पुर्व आईजीपी सैलेन्द्र खनालले गरेका हुन । यसैक्रममा पुर्व आईजिपी खनाल भन्छन्, अन्र्तराष्टिय जगतमा नेपाललाई चिनारीको रुपमा गौतम बुद्ध, माउन्ट एभरेष्ट र गार्खाली भनेर चिनिरहदाँ नेपालको शान, मान, र ईमान्दारीताको पैरवी स्वरुप गीती रचना गरेको आईजीपी खनाल बताउँछन् । उनले अन्य विधामा रचना कोरेपनि यो उनको लागि ठुलो अवसर भएको उनको भनाई छ ।
भनिन्छ, सन् १९४८ देखि सन् १९६० सम्म चलेको उक्त युद्धमा सुरुमा ४८ औं गोर्खा ब्रिगेड तथा पछि १७ औं गोर्खा डिभिजनलाई परिचालन गरिएको थियो । त्यही वीरताको कथा अनि मलाया युद्धमा गोर्खाका दुःख‚ व्यथा, पारिवारिक सम्पर्क विच्छेद हुँदाको पीडा आदिमा आधारित फिल्म ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय प्रिमियरमा बेलायती राजनीतिज्ञ र सेनाका उच्च अधिकृत, नेपाली राजदूत, कलाकार, निर्देशकसहित दर्शकहरू सहभागी थिए । फिल्म प्रिमियरअघि गोर्खा वारियर टिमले विभिन्न कीर्तिमान राखेका व्यक्तित्वलाई सम्मान गरेको थियो । उक्त गोर्खा गोरखा वारिओर मुभिको रिलीज यहि फागुन ११ गते हुदैँ छ ।
