झापामा मानव–हात्ती द्वन्द्व बढ्दो छ । जिल्लामा २०६७ साल यता हात्ती आक्रमणमा परी ६५ जना नागरिकको ज्यान गएको छ भने २१ वटा हात्ती मारिएका छन् । हात्ती प्रभावित झापामा मानव–हात्ती द्वन्द्व बढ्दो छ । जिल्लामा २०६७ सालदेखि २०८० साल सम्म हात्ती आक्रमणमा ५८ नेपाली नागरिक र ७ जना भुटानी शरणार्थी र भारतीय नागरिक रहेका छन् ।
२०६२ साल यता झापामा २१ वटा हात्ती मारिएको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ । चालु आर्थिक बर्षको ६ महिनामा मात्र हात्तीको आक्रमणमा परी ५ जनाको ज्यान गएको छ । भने २ हात्ती मारिएका छन ।
भारतको आसामबाट हात्ती झापासम्म आइपुग्छन । वर्षमा चार महिना हात्तीको हुन्जा झापा हुँदै नेपालतर्फ आएर पुनः आसाम नै फर्कन्छन । जसकारण झापामा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो छ । मानव बस्तीमा हात्ती प्रवेश गरेर दैनिक क्षति पु¥याइरहेको छ । हात्तीले मान्छेलाई आक्रमण गरेर ज्यान लिनुका साथै घाइते पनि बनाइरहेको छ । गाउँ–गाउँमा हात्ती पसेर दैनिक अन्नबाली खाएर क्षति पु¥याउनुका साथै घर समेत भत्काइरहेको छ ।
विगतमा हात्ती नदेखिएको ठाउँमा अहिले हात्ती पुग्न थालेका छन । जंगलमा मात्र होइन सहरमा पनि जंगली हात्ती छिर्न थालेको हो । जंगलमा खानेकुरा नपुगेपछि पहिला नपसेको ठाउँमा हात्ती पुगिरहेको छ । हात्तीको स्मेलिङ क्षमता धेरै राम्रो हुने भएकाले आहाराको खोजीमा सहर तथा गाउँबस्तीमा छिरेको वन अधिकारीहरु बताउंछन् ।
विगतमा हात्ती हिँड्ने रुटमा अहिले मानव बस्ती बसेको छ । जसका कारण उसलाई त्यो रुट हिँड्न अवरोध हुन थाल्यो । त्यसकारण पनि सहर, गाउँ बस्तीमा हात्ती पसेको सम्बन्धीत अधिकारीको बुझाई छ । हात्ती नियन्त्रणकालागि गरिएको सौर्य तारबारले हात्ती केहि हद सम्म काम गरे पनि दिर्घकालीन काम गर्न सकेको छैन ।
