शेयर बजारमा नेप्से सूचक मंगलबार पौने दुई अङ्कले घटेको छ । आइतबार २७.२१ अङ्कले घट्दै २ हजार ३४.८२ अङ्कमा झरेको नेप्से मंगलबार थप १.७६ अङ्कले घटेर २ हजार ३३.०६ अङ्कमा झरेको हो । आज ३ सय १४ कम्पनीको ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता शेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँमा कारोबार भएको छ ।
आज डेभलपमेन्ट बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो र अन्य समूहको उपसूचक झिनो प्रतिशतले बढ्दा बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक घटेका छन् । आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले समान १० प्रतिशतले कमाएका छन् भने ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका सेयरधनीले १० प्रतिशत गुमाए ।
