कतिपय जिल्लामा नेपाली किसानहरू टमाटरको बजार माग राम्रो भएपछि जमेरै टमाटर खेतिमा लागेका छन् । पछिल्लो समय नेपाली टमाटरले भारतिय टमाटर विस्थापित नै गरेको छ ।पछिल्लो समय भारतिय टमाटर भन्दा नेपाली टममाटर सस्तो र गुणस्तरीय भएपछि उपभोकताको भान्छामा नेपाली टमाटर रोजाईमा परेको छ । रूपन्देहिको बुटवल, तिलोत्तमा, भैरहवा लगायत यश आसपासका थोक तथा हाट बजारमा नेपाी टमाटर प्रसस्त मात्रामा भित्रिएको छ । नेपाली टमाटर ले भारतीय टमाटर विस्थापित नै गरेको छ ।
रूपन्देहि, पाल्पा, दाङ कपुरवोट लगायका ठाउमा प्रसस्त मात्रामा टमाटर उत्पादन भएको छ । रूपन्देहीका बजारमा प्रसस्त नेपाली टमाटर भित्रिएको छ भनि किसानले भाउपनि राम्रो पाएका छन् ।लुम्बिनी कृषि उपज थोक बजारका टमाटर ब्यवसायी अर्जुन भुषालले नेपाली टमाटरले भारतीय टमाटर लाई टक्कर दिएको वताउछन् । ,दाङबाट प्रसस्त मात्रामा टमाटर भित्रिएको र नेपाली टमाटरले नै बजार धानेको वताउछन् ।
भारतीय टमाटर ९ सय क्यारेट जति पर्छ भनी नेपाली टमाटर ४ सय रूपैया प्रति क्यारेटमा उपलब्ध भएको बताउछन् । रूपन्देहिको मर्चवार , सुर्यपुरा लगायत विभिन्न ठाउका किसान कहाबाट आउने टमाटरले नै वजार पाएको अनु रहमान वताउछन् ।
हुन त भारतका विभिन्न ठाउवाट आउने टमाटरका लागि भाडा बढि लाग्ने हुदा बजारमा नेपाली टमाटर सस्तो र राम्रो भएकोले पनि माग राम्रो भएको हो ।लुम्बिनी कृषि उपज थोक बजार मणिग्रामका संचालक एवं थोक तरकारी फलफुल ब्यवसायि कृष्ण पोखरेल पनि नेपाली टमाटरले भारतिय टमाटर लाई विस्तापित गरेको वताउछन् ।
नेपाली टमाटर भारतीय टमाटर भन्दा निकै सस्तो रहेको उनको भनाई छ ।नेपाली टमाटरलेमाटरले भारतिय टमाटर लाई विस्तापित गरेको वताउछन् । नेपाली टमाटर भारतीय टमाटर भन्दा निकै सस्तो रहेको उनको भनाई छ ।
हुन त अन्य किसानले टमाटरको अलवा अन्य तरकारि फलफुल को ब्यवसायिक रूपमा खेति गरेर राम्रो आम्दानी लिन थालेका पनि छन् । यस्ता किसानलाई सरकार र सरोकारवाला निकायले हौसला दिएर निरन्तर ठुलो परिमाणमा गुणस्तरीय उत्पादन ग्रन साथ दिन आवश्यक देखिन्छ।
