ब्रम्हकुमारी गंगवु शाखाको झण्डोत्तलन बाट महाशिवरात्री पर्वको शुभारम्भ

काठमाडौं। ब्रम्हकुमारी राजयोग सेवा केन्द्र गंगवु शाखाले महाशिवरात्रीको उत्सव मनाएको छ ।

नेपालमा मात्र नभएर भारतमा पनि विभिन्न शाखा भएकाले आजकै दिनबाट महाशिवरात्रीको उत्सव मनाउन सुभारम्भ गरीएको हो ।

गत वर्ष फागुन १२ गते शिवरात्री परेकाले यो वर्ष पनि नेपालमा फागुन १२ बाट उत्सव मनाउन सुरु गरिएको हो । यो वर्ष भने फागुन २५ गते महाशिवरात्री परेको छ ।

उक्त उत्वसवको अवसरमा ८८ औँ त्रिर्मुती शिव झण्डोत्तोलन तथा महाशिवरात्री नवयुग आगमन पर्व मनाईएको हो । कार्यक्रममा राजयोगी ब्रम्हकुमार रामसिंहले भागवत गीताको सार औल्याउँदैँ ओमशान्ती शिवबाबा को चर्चा गरेका थिए ।

भने आदरणिय राजदादीमाले सत्यम् शिवम् सुन्दरम्को को चर्चा गर्नुभएको थियो । यसै क्रममा राजदादीमाले टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई शुभवचनका साथ खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

साथै कार्यक्रमा टोखा नगरपालिकका विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संयोजन विके रिता दिदीले गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->