नेपाल स्टक एक्सचेञ्ज परिसूचक १३.४६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३ दशमलव ४६ अङ्कले घटेर २,८३७ दशमलव ७७ बिन्दुमा पुगेको छ, जुन शून्य दशमलव ०.४७ प्रतिशतको गिरावट हो।

आज ३३५ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर कारोबार हुँदा करिब रु ८ अर्ब ९९ करोड बराबरको कारोबार भएको छ।

कारोबारका क्रममा जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहमा सामान्य वृद्धि देखिए पनि अन्य सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, बीमा तथा म्युचुअल फन्ड समूहमा गिरावट देखिएको छ।

आजको बजारमा केही कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआईसी एसिया ब्यालेन्स फन्डको मूल्य सबैभन्दा बढी घटेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->