नेप्से २८६६ बिन्दुमा, १० अर्बभन्दा बढी कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज मा आज उत्साहजनक वृद्धि देखिएको छ।

परिसूचक ३३ दशमलव २७ अङ्कले बढ्दै दुई हजार ८६६ दशमलव ८७ बिन्दुमा पुगेको छ, जुन एक दशमलव १७ प्रतिशतको वृद्धि हो।

आजको कारोबारमा ३४४ कम्पनीका दुई करोड ६४ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। एक लाख २३ हजारभन्दा बढी कारोबारमार्फत रु १० अर्ब ५३ करोडभन्दा बढी रकम बराबरको कारोबार भएको छ।

सबै समूहका उपसूचकहरू हरियो देखिएका छन्, जसमा होटल तथा पर्यटन, जलविद्युत् र बैंकिङ क्षेत्रको उल्लेखनीय वृद्धि देखिएको छ। यसैबीच ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->