सुन प्रतितोला १०० रुपैयाँले उकालो

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ।

सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ३ लाख २ हजार ८०० पुगेको छ भने चाँदी ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि बुधबार सुनको मूल्य ३ लाख २ हजार ७०० र चाँदी ५ हजार २२० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य उच्चस्तरमा कारोबार भइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->