धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कामु उपकुलपति समेत भैसकेका प्राध्यापक डाक्टर गुरु खनालको शैक्षिक योग्यताको विषयलाई लिएर विवाद सुरु भएको छ । आन्दोलनरत पक्ष र प्रतिष्ठानको पदाधिकारीहरुबीचको छ बुदे सहमतिले आन्दोलत रोकिएपछि शैक्षिक योग्यताको मुद्दाले चर्चा पाएको हो । हाडजोर्नी विभागको प्रमुख समेत रहेका बरालले भने आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले शैक्षिक योग्यताको प्रश्न उठाइएको बताएका छन ।
शिक्षाध्यक्ष भएको समयमा अख्तियारले अर्थात २०७७ सालमा अख्तियारले उहाँको शैक्षिक प्रमाणपत्र माग गरेको विषयले अहिले चर्चा पाएको हो । २०३८ सालको फेल भएको प्रमाणपत्र राखेर चरित्र हत्या भएको भन्दै खनालले साईवर व्यूरोमा मुद्दा समेत दर्ता गरेका छन ।
