कामबाट आनन्दसँगै खुुसी प्राप्त गर्न भोजपुरका सुरक्षाकर्मी तथा कर्मचारीलाई खुसी विज्ञान सम्बन्धि प्रशिक्षण

तनाव व्यवस्थापन गर्दै कार्यक्षेत्रमा गरिने कामबाट आनन्दसँगै खुुसी प्राप्त गर्न भोजपुरका सुरक्षाकर्मी तथा कर्मचारीलाई खुसी विज्ञान सम्बन्धि प्रशिक्षण दिइएको छ । तनाव व्यावस्थापनको लागि जीवन विज्ञानले उनीहरुलाई आवश्यक व्यायम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपाउन सकिने विधिलगायतको विषयमा जानकारी दिएको हो ।

न्यून तनाव र उच्चतम खुसी प्राप्त गर्ने उद्धेश्यले भोजपुरका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई तनाव व्यवस्थापन सम्वन्धि प्रशिक्षण दिइएको हो । कर्तव्य पालनाको शिलशिलामा आउन सक्ने समस्यासँगै त्यसलाई सहज रुपमा समाधान गरेर कसरी खुसी प्राप्त गर्ने भन्ने विषयमा आवश्यक जानकारी दिइएको हो । खुसी विज्ञानले मानिसमा उर्जा थप्ने जनाइएको छ । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा असर गर्ने भएकाले तनाव व्यावस्थापनमा ध्यान दिन आवश्यक रहेको छ ।

मानव जीवनका पाँच ज्ञानेन्द्रियले पार्ने प्रभाव र त्यसबाट आउने सोचाई तथा भोगाईलाई कसरी आफैँले विभिन्न क्रियाकलाप गरेर तनावलाई व्यावस्थापन गर्ने बारेमा मुख्य रुपमा जानकारी दिइएको छ । जीवन विज्ञानले जिल्ला प्रहरी कार्यालय, नयाँ श्रीनाथ गणमा र जिल्ला प्रशासन कार्यालयमा निजामति कर्मचारीलाई खुसी विज्ञान तथा तनाव व्यवस्थापनको विषयमा प्रशिक्षण दिइएको हो ।

नियमित व्यायम तथा प्रणायमले मानिसलाई स्वास्थ्य राख्ने जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ । स्वास्थ्य र ब्यायम बीच पारशपारिक सम्बन्ध रहेको केन्द्रको भनाइ छ । योगलाई दुई प्रकारले गर्न सकिने जनाइएको छ । योगको माध्यमबाट विभिन्न रोगलाई निको पार्न सकिने केन्द्रको भनाइ छ ।

मानसिक तनावका कारण धेरै मानिसहरु डिपे्रसनमा पुगेर आत्माहत्या गर्ने अवस्था रहेकोले यस्ता खालका क्रियाकलापले मानिसलाई डिप्रेसनमा पुग्नबाट रोक्न खुसी विज्ञानले सहयोग गर्ने जनाएको छ । यस्तो खालको योगा तथा प्रणायमले मानिसलाई स्वास्थ्य रहन अहम भूमिका खेल्ने विज्ञहरुको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->