गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङ पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको दोस्रो दिन नेपालका महामहिम राष्ट्रपति रामचन्द्र पौडेलले एक भब्य समारोह बिच पन्चकोटधाममा उद्घाटन गरेकाछन् ।
गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्रको रूपमा रहेको बागलुङ नगरपालिका वडा नम्बर ६ मा अवस्थित श्री सर्वसिद्विधाम पन्चकोटमा अनन्त श्री ब्राह्मण्डीय महायज्ञको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेलले एक भब्य समारोह बिच उद्घाटन गरेकाहुन ।
अनन्त श्री ब्राह्मण्डीय महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान संकलन गर्ने लक्ष्य साथ शुरूवात भएको महायज्ञ सर्वसिद्विधाम पन्चकोटमा पुगेर नेपाल कै सबैभन्दा ठूलो ५ हजार ५ सय ५५ केजीको श्री मुक्तिनाथ महाघण्टाको राष्ट्रपति पौडेलले उद्घाटन गर्न पाउदा खुशी लागेको बताए ।
धार्मिक पर्यटकीय केन्द्रको निर्माणले समाजमा राम्रो प्रभाव पर्नुको साथै समाजमा नयाँ उत्साह उमंग छाउनुका साथै धार्मिक पर्यटकीय केन्द्र बनाउन मद्दत पुग्ने आफुलाइ बिश्वास भएको राष्ट्रपति पौडेलले बताए ।
महायज्ञ संचालन हुने हरेक दिन फरक फरक कार्यक्रम समेत संचालन हुनेछन् । पहिलो दिन फागुन ९ गने जल, उर्जा, विकास तथा वातावरण सम्मेलन हुने भएको छ ।
फागुन १० गते राष्ट्रिय राजनीति एवं कर्मचारी सहितको उपस्थितिमा पञ्चकोटको महत्वबारे प्रकाश पारिनेछ । फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन, फागुन १२ गते गण्डकी विकासको अवधारणा र कायान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन हुनेछ ।
फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारीता सम्मेलन, फागुन २२ गते प्राकृतिक श्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक स्थलको संरक्षण सम्बन्धी सम्मेलन समेत हुने भएको हो ।
महायज्ञको अवसर पारेर पन्चकोटमा ५५५५ केजी मुक्तिनाथ महा घण्टाका स्थापना भए संगै पन्चकोटमा १० बर्ष अगाडि देखि गरिएको लक्ष्य पुरा भएको छ । अहिले सर्वसिद्वीधाम पन्चकोटमा निर्माण गरिएका थुप्रै धार्मिक संरचना तयार भइसकेको कारण अहिले दिनहुँ सयौं धार्मिक पर्यटक पुग्ने राम्रो गन्तव्य बन्दै गइरहेको छ ।
