खोटाङमा भईरहेको हेल्लो डाक्टर कार्यक्रम प्रभावकारी बन्दै

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सुरु गरेको हेल्लो डाक्टर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८०-०८१ को नीति कार्यक्रम समावेश गरेर गत भाद्र एक गतेदेखि हेल्लो डाक्टर कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

बिरामीहरुकै घर घरमै गएर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य कार्यक्रमले राखेको छ । कार्यक्रम मार्फत बिरामीको घरमै गएर एक हजार एक सय २० जनालाई निःशुल्क स्वास्थ्य सेवा र औषधी वितरण गरिएको छ । घुम्ति शिविर सहित १ हजार ६ सय ३७ जनाले सेवा लिएका छन ।

घन्टौं हिँडेर स्वास्थ्य सेवा लिनको लागि स्वास्थ्य चौकी जानुपर्ने बाध्यता हटेकोमा सेवाग्राही समेत हर्षित छन । चिकित्सकले घर घरमै आएर निःशुल्क उपचार र औषधी दिन थालेपछि स्थानीय सरकारको अनुभुति भएको उनीहरुको भनाइ छ ।

सामान्य देखि जटिल रोग लागेका बिरामीहरुले समयमै उपचारको अभाव र परामर्श नपाउँदा ज्यानै गुमाउनुपर्ने जोखिम समेत हेल्लो डाक्टर कार्यक्रमले कम गराएको छ । कार्यक्रम सञ्चालन गर्नको गाउँपालिकाले यो बर्ष ३० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->