फलेवास नगरपालिकामा १३ सय वालवालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप लगाइने

पर्वतको फलेवास नगरपालिकामा १३ सय वालवालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ । नगर पालिकाका ११ वडाका ९ महिनादेखि ५ वर्ष सम्मका १३ सय ११ जना वालवालिकाहरुलाई खोप लगाईने भएको हो । खोप लगाउँदा वालवालिकामा हुने अपाङ्गता कम हुनुको साथै वाल मृत्युदर घटने र विभिन्न रोगहरूको निवारण हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

खोप अभियान फागुन १३ देखी १७ गतेसम्म सञ्चालन हुने भएको हो । अभियान अन्र्तगत नगरपालिकाका ४२ खोप केन्द्रमा १ सय ८५ जना चिकित्सक सहीत स्वाथ्यकर्मी परिचालन हुनेछन । विगतमा वर्षमा ८० प्रतिशत मात्रै खोपको पहुँच पुग्ने गरेकोमा यस वर्षमा सय प्रतिशत खोपको सुनिश्चितता गराउने लक्ष्य राखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->