जापानबाट दुई वर्षअघि घर फर्कंदा साथीहरूले सुन, हिरा र मोतीका बहुमूल्य गरहगना रोजे। महँगा विद्युतीय सामान लिएर आए। मीनाकुमारी (मिनु) गुरुङका झोलामा भने जापानी तरकारीका बीउ, झार काट्ने मेसिन, टाउकोदेखि हातगोडामा लगाउने रबरका पञ्जा, एप्रोन, बुट र अन्य कृषि औजार थिए।
उनलाई अरूजस्तो न धपक्क गहना लगाएर हिँड्ने रहर थियो, न घरभरि विलासिताका सामान जोड्ने सोख। व्यावसायिक कृषक बन्ने एक मात्र उद्देश्य लिएर उनी स्वदेश फर्कंदै थिइन्।