ब्यथा फेरी उहि बोके कान्छाको हो । त्यो नेपालमा बस्नेले यो बिदेशाँ त पैसो आकाशबाट बर्सिन्छ, भुइबाट उम्रिन्छ भनी थान्ने रहेछन क्यारे ! जाबो एक जनाको यो बिदेशको कमाईमा ५,६ जना वा त्यो भन्दा धेरैले आशा गरेका हुन्छन । त्यहि माथी छिमेकी र नातेदारको समेत चित्त बुझाउँनु पर्ने कत्रो फसाद ! बोके कान्छालाई "नदिनु इष्ट बाँङगो, दिनु आफु नाँङगो" भन्या जस्तै भएको छ